कविता-आमा (ईश्वर च्याङ्ग्बा, धरान)

कविता-आमा

रात ढलेपछी बिहानी मिर्मिरेमा चिसो एक झोका हावाले मुटु हल्लाएर गयो थामेन जाडो च्यात्तिएको बर्कोले जसरी थामेन सुबास फूलले खोसिए भाग्य चुडिए सपना दिएन साथ समयले जसरी दिएन साथ जिन्दगीले समयका छालहरुले बनाएका अनगिन्ती दागहरु मानसपटलमा छरपस्ट फिजाएर धुमिल जिन्दगीको सहारा चिराचिरा परेर फुटेका कुर्कुच्चाहरु चिसो सितको छिटाले भिज्दा मन कति अमिलो हुँदो हो भतभती पोल्दो हो जसरी पोलेको थियोे बियोगले आमा भन्नू हुन्थ्यो तँ सानो छंदा तेरो दिदी र दाजु पछि पछि थिए म अघि अघि थिएँ घाँसको भारी बोकेर देउराली बाट तल झर्दै गर्दा मुसल धारे पानी परी रहेको थियो तेरो दाजु चिप्लीएर लड्यो घाँसको भारी म माथी बज्रीयो म उछिट्टीएर तल पुगें भाग्यबस म बाची रहेको थिए ढिस्कोको पोथ्रो समाई रहेको थिए घाँसको भारीको अत्तोपत्तो थिएन जसरी अत्तोपत्तो थिएन जिन्दगीको सम्हाल्न खोजें बिचलीत मन मन अमिलो भएर आयो भकानो फुटेर आयो बर्बरी झर्यो आँसु यदि म मरेको भए कान्छाको के हुन्थ्यो ?

▬ ईश्वर च्याङ्ग्बा, धरान।
Previous
Next Post »

Share our page.