कविता- घोडाको जिन्दगी (कोमलनाथ रिमाल "साधुराम")

घोडाको जिन्दगी
सुनेको थिँ
घोडा बस्दैनँ रे
बस्यो भने मर्छ रे
म आज घोडा भएको छु
घोडा जस्तै टक्क उबिन्छु
मालिकको निर्देशनानुसार
एसो एता उता पनि हिँड्छु
जे गर्छु उठेरै गर्छु
उठेर बाहेक केइ गर्दिनँ।
घोडा उठेनँ भने मर्छ रे
म सुतिनँ भने मर्छु
तेसैले म सुति टोपल्छु
अबे..र देखि सबे..र सम्म ।
सिउँरवाला भाले भन्दा म छिटो उठ्छु
र जान्छु मुत्र बिसर्जन गर्नँ
तर
गाउँको जस्तो कान्लोमुनिँ
टुक्क्रुक्क बसेर होइन
घोडाले झैं उभिएर ...।
त्यो दियो जस्तो आकरको
भित्ताँ टाँस्या माटाको भाँणामा...।
अनि म जान्छु मल त्याग्नँ
आधा उठेर आधा बसेर
पिँध फुटेर घोप्ट्याइएको
हाँणी जस्तो भँणोमा
बसुँ भने फोहोर देख्छु
त्यसैले
केटाकेटी बेलाँ  सरले  बनाउँने
कुखुरो आसनमा
बडो कष्ट संग...।
म स्नान गर्छु
पँधेरा अगाडि बसेर होइन
चर्पिमा उबिएरै न्वाउँछु।
सायद यहि होला
स्नान गर्नु र न्वाउँनुको फरक।
म एकछिन नबसिकँनै
झुल्के घामलाई उछिन्चु
अब कसैले सोच्ला
मेरो बस्ने बेला भो भनेर
हैन
उठ्ने बेला चैँ भो
लगातार बाह्र घन्टा
येल्लाइ डिउटी भन्चन
यो डिउटी सकेर पनि
बस्ने बेला आउँदैन
उभिएर मोटर कुर्नु परेन?
लह्  कोठामा पुइँ
अब ता बस्छु?
अँहँ
काँ बस्न पाइँछ?
पेट पूजा गर्नु परेन?
जाउलो क्या जाउलो
भोलि बेल्का सम्म खानँलाइ
हिजोकोभाँणा मा झ
उठेरै
तिउँन् का ट
उठेरै
पकाउ
उठेरै
जे ग र
उठेरै
तर
खानँ चैं बसेरै खान्चु अठार घन्टा जो उब्बिइ सकिँ
आधा रात बिति सको
म सुत्नु भन्दा पहिलेनै
थाङ्नामा पछारिन्छु
डङ्रङ्ङ
भोलि ब्याँनँ चाँणै उठेर
घोडा झैँ उब्बिनुँ परेन?

साकोनारी
Previous
Next Post »

EmoticonEmoticon

:)
:(
=(
^_^
:D
=D
=)D
|o|
@@,
;)
:-bd
:-d
:p
:ng

Share our page.