गजल ( साधुराम कोमलनाथ रिमाल )

गजल

बाबियोको झ्याङ् खोज्दै, काट्दै होलान यतिखेर।
चौतारोमा पिङ्को डोरी, बाट्दैहोलान यतिखेर।

साउदी कतार मलेसिया, जाने हरु फ़र्कि आए,
दशैं तिहार शुभकामना, साट्दै होलान यतिखेर।

फ़र्के होलान लाहुरेहरु, खुसी होलान बालबच्चा,
हातमा लिंदै चि चि पापा, चाट्दै होलान यतिखेर।

.आफ़्नो घरमा नहुनेले, टाउका तिर कन्याउँदै,
साहु संग र्रिण माग्न, आँट्दै होलान यतिखेर।

जस्को छैन नयाँ नाना, दशैं तिहार मिठो खाना,
कलिला ती बाल मन, फ़ाट्दै होलान यतिखेर।

▬ कोमल नाथ रिमाल(साधुराम )
नाङ्ले, भारे ५, काठमाडौं, हाल- यु.ए.इ.
Previous
Next Post »

Share our page.