कविता - उनको बोलिमा लठ्ठिएको म सर्वहारा (दीपक अनुरागी)

खुला मञ्चमा नेताले भाषण गरे !
निरङ्कुश राणाले जनताबिच शासन गरे छन्
उठ हे जाग भरियायामी, झुपडि सर्वहाराबर्ग
उनि माथि बन्दुकले प्रतिकार गर्नलाई
यस्तै यस्तै !!
म सर्वहारा
मजाले सुने उनको भाषण
गाउका प्रधान संग सिर ठाडो मार्न नसक्ने म नाथे
नेताको भाषणले उत्तेजना पो ल्यायो
लालाबाला सबै छाड्न मन लाग्यो !
निरङ्कुश शासन हटाउन मन लाग्यो !
कता कता नेताको बेलीले नया संसार पाए जस्तो पो लाग्यो ?
म सर्वहारा
टन्टलापुरे घाममा नेताको भाषण सुन्न गएको
म त लठ्ठिएछु जब नेताले क्रान्तिकारी भुमिसुधारको कुरा गरे !
बडो चाख मानेर सुने
कतै म सपनिमा हराएको त छैन्,
होइन पटक्कै त्यसो
नेताको बोली ठिक हो ।
पोहोर सालको चुनावमा बहुदलको विपक्षमा भोट हालियो
प्रधान महासयले भनेर ?
यसपालि त यिनै नेताको पार्टिलाई भोट दिनु पर्‍यो
मन मनै सोचे यस्तै यस्तै ।।
म सर्वहारा
सधै भावनामा बहकिने, अरुका चिल्ला कुराको पछि लाग्ने
बोलेका कुरालाई सर्वपरी हो भन्ठान्ने उहि नाथे न परे
लागियो चुनावी अभियानमा
सारा गरिब, बुर्जुवा, मजदुर, किसानको पक्षमा अडिएको दलको पक्षमा,
जनताले बहुमत नै दिए, जिते छन् देशैभरी धेरै क्षेत्रमा
चुनाव जित्ने नेतालाई हर्ष भन्दा मलाई बढी उमङ्ग पो छाएछ,
बडो प्रधान समक्ष गएर बहुदलको पक्षपोषण भएर गफ पो छाटेछु
प्रधान महासयले थपडि मारे,
बल्ल देखे उनको हात बाट बहुदलको स्पष्ट परिभाषा !!
म सर्वहारा
नेताका ती भाषण आज कहा गए म खोज्दैछु,
कसै संग शिर ठाडो परेर बोल्न नसक्ने म
अधिकारको कुरा खोज्ने भएछु,
बडो ठुला ठुला कुरा गर्ने भएछु, तर अधिकार पाउने त कहिले हो कहिले ?
कहा गए तिम्रा ति आश्वसन
कहा गए तिम्रा प्रतिबद्धता ?
अहिले लडाएछौ जातिय नारा लगाएर !!

♥ दीपक अनुरागी
Previous
Next Post »

1 comments:

Write comments
Unknown
AUTHOR
September 28, 2015 at 2:15 PM delete

सुन्दर कविता :)

Reply
avatar

Share our page.