गजल - भूपाल ठाडा रानामगर"क्षितिज"

गजल

रात बित्यो बिहानीको,प्रहर भैसकेछ
छैन निद्रा सुख्खा मेरो,अधर भैसकेछ
सानो-सानो झुपडीको,बयान क्यारी गरौँ
बिनासकारी भुकम्पले,बगर भैसकेछ
बर्षभरि कमाए नि,तिर्नै सकिएन
मुखियाको साउ ब्याज,दोब्बर भैसकेछ
आँसुको यो पोखरीमा,दुब्यो सारा खुसी
बाँकी जीवन पनि दुब्न,तर्खर भैसकेछ
आँधी हुरी बेग सँगै,जुझ्दाजुझ्दै हो कि
आजभोली कोमल मन,पथ्थर भैसकेछ

-भूपाल ठाडा रानामगर"क्षितिज"
लेखफर्सा-3 साजे सुर्खेत।
Previous
Next Post »

Share our page.