रिता पौडेल
आमा! तिमी कति अभागी?
त्यती धेरै सन्तान जन्मायौ
कति धेरै प्रसव पीड़ा भोग्यौ
आखिर तिमीले खै के पायौ??
तिमीले त प्रसव पीड़ा भोगेकी छौ
पल पल मरेर बाँचेकी छौ
त्यसैले त तिमीलाई थाह छ
प्रसव पीड़ा कस्तो हुन्छ भनेर
त्यसैले त तिमीले
कुनै छोराछोरीलाई हेला गरिनाै
बराबर माया दिएर हुर्कायौ,बढायौ
चाहे छोरा होस् ,चाहे छोरी
चाहे त्यो सुस्त होस् , चाहे अपांग
तिमीले त कुनै कसर बाँकी राखिनौ
आफ्नो मायामा
तिमीले कुनै पक्षपात गरिनौ
आखिर तिमीले खै के पायौ?
तिम्रो त मात्र सपना थियो
मेरा सन्तान असल बनुन्
महान् अनि सत्गुणी बनुन्
न तिमीलाई कुनै आश नै थियो
त्यती दुःख गरेर पढायौ, लेखा़यौ
अनि ज्ञान र संस्कार सिकायौ
तर,आखिर तिमीले खै के पायौ?
आज हेर त!!! तिम्रा ति सन्तान के गर्दैछन् ?
एक आपसमा झगडा,कलह अनि द्वन्द गर्दैछन्
तिनीहरूलाई के थाह?
तिम्रो पीडा, तिम्रो दुःख अनि तिम्रो माया!
तिमीले त संस्कार सिकाएकी थियौ
असल कर्म सिकाएकी थियौ
तर खोई आज तिम्रो त्यो संस्कार ?
कति अभद्र तिम्रा ति छोराछोरी
आफ्नै आमाको अपमान गर्दैछन्
आफ्नै आमालाई दुःखी तुल्याउदैछन्
हेर त आमा!
एकआपसमा झगडा गरेका
भाईले दाजु दिदी टेर्दैन
दाजुभाई कुटाकुट गर्छन
दिदी बहिनी आरिस गर्छन
उनीहरूलाई त निहुँ चाहिएको छ
झगडाको बिउ रोप्छन्
न दाजु ,न भाई ,न दिदी ,न बहिनी
केही बाँकी राखेनन् आमा!
त्यती धेरै सन्तान जन्मायौ
कति धेरै प्रसव पीड़ा भोग्यौ
आखिर तिमीले खै के पायौ??
तिमीले त प्रसव पीड़ा भोगेकी छौ
पल पल मरेर बाँचेकी छौ
त्यसैले त तिमीलाई थाह छ
प्रसव पीड़ा कस्तो हुन्छ भनेर
त्यसैले त तिमीले
कुनै छोराछोरीलाई हेला गरिनाै
बराबर माया दिएर हुर्कायौ,बढायौ
चाहे छोरा होस् ,चाहे छोरी
चाहे त्यो सुस्त होस् , चाहे अपांग
तिमीले त कुनै कसर बाँकी राखिनौ
आफ्नो मायामा
तिमीले कुनै पक्षपात गरिनौ
आखिर तिमीले खै के पायौ?
तिम्रो त मात्र सपना थियो
मेरा सन्तान असल बनुन्
महान् अनि सत्गुणी बनुन्
न तिमीलाई कुनै आश नै थियो
त्यती दुःख गरेर पढायौ, लेखा़यौ
अनि ज्ञान र संस्कार सिकायौ
तर,आखिर तिमीले खै के पायौ?
आज हेर त!!! तिम्रा ति सन्तान के गर्दैछन् ?
एक आपसमा झगडा,कलह अनि द्वन्द गर्दैछन्
तिनीहरूलाई के थाह?
तिम्रो पीडा, तिम्रो दुःख अनि तिम्रो माया!
तिमीले त संस्कार सिकाएकी थियौ
असल कर्म सिकाएकी थियौ
तर खोई आज तिम्रो त्यो संस्कार ?
कति अभद्र तिम्रा ति छोराछोरी
आफ्नै आमाको अपमान गर्दैछन्
आफ्नै आमालाई दुःखी तुल्याउदैछन्
हेर त आमा!
एकआपसमा झगडा गरेका
भाईले दाजु दिदी टेर्दैन
दाजुभाई कुटाकुट गर्छन
दिदी बहिनी आरिस गर्छन
उनीहरूलाई त निहुँ चाहिएको छ
झगडाको बिउ रोप्छन्
न दाजु ,न भाई ,न दिदी ,न बहिनी
केही बाँकी राखेनन् आमा!
अब त पाए तिमीलाई नै निल्छन्
सुनेकी छु!! मूर्खले पलपलमा दुःख दिन्छ रे!
हो!!त्यस्तै भए तिम्रा ति सन्तान
पाए देखी तिम्रै रगतमा पौडी खेल्छन्
चोक्टा चोक्टा लुछेर खान्छन्
टुक्रा टुक्रा पारेर काट्छन्
आखिर तिमीले खै के पायौ?
तिम्रो मायामा के खोट थियो र?
आज तिम्रा ती सन्तान!
एक आपसमा लडेर पुगेन
अनि तिमीलाई नै झम्टिदै छन्
तर होसियार है आमा!
तिमी त्यती कमज़ोर बन्ने छैनौ
आफ्ना सन्तानलाई तह लगाउने छौ
आफ्नो अस्तित्व मेटाउन दिने छैनौ
तिमी अटल र अडिग भएर बस्नेछौ
तब, तिम्रा ति दुष्ट अनि अभद्र सन्तान
बेसहारा भई, टुहुरा बन्ने डरले
लाजले नतमस्तक भई
तिम्रै सामु आई घुडाँ टेक्नेछन्
माफ़ी माग्नेछन्
तिम्रो महत्व अनि अस्तित्व बुझ्नेछन्
प्रत्येक दुःख, पीड़ा अनि कष्टमा
तिम्रै नाम लिनेछन् , ऐया! आमा!!
सुनेकी छु!! मूर्खले पलपलमा दुःख दिन्छ रे!
हो!!त्यस्तै भए तिम्रा ति सन्तान
पाए देखी तिम्रै रगतमा पौडी खेल्छन्
चोक्टा चोक्टा लुछेर खान्छन्
टुक्रा टुक्रा पारेर काट्छन्
आखिर तिमीले खै के पायौ?
तिम्रो मायामा के खोट थियो र?
आज तिम्रा ती सन्तान!
एक आपसमा लडेर पुगेन
अनि तिमीलाई नै झम्टिदै छन्
तर होसियार है आमा!
तिमी त्यती कमज़ोर बन्ने छैनौ
आफ्ना सन्तानलाई तह लगाउने छौ
आफ्नो अस्तित्व मेटाउन दिने छैनौ
तिमी अटल र अडिग भएर बस्नेछौ
तब, तिम्रा ति दुष्ट अनि अभद्र सन्तान
बेसहारा भई, टुहुरा बन्ने डरले
लाजले नतमस्तक भई
तिम्रै सामु आई घुडाँ टेक्नेछन्
माफ़ी माग्नेछन्
तिम्रो महत्व अनि अस्तित्व बुझ्नेछन्
प्रत्येक दुःख, पीड़ा अनि कष्टमा
तिम्रै नाम लिनेछन् , ऐया! आमा!!
EmoticonEmoticon