गुम्सिएका मनका कुरा,खोल्न बल्ल बाटो भेटेँ
पिडाहरु फुकाएर , आज एउटा गजल लेखेँ ।
पिडाहरु फुकाएर , आज एउटा गजल लेखेँ ।
हराएको मान्छे म त , भिडमा एक्लिएर,
टोलाएर जुन हेरेँ , जुन भित्र तिमी देखेँ ।
टोलाएर जुन हेरेँ , जुन भित्र तिमी देखेँ ।
हाँसिदिन्छु बाहिर त , के नै बिगृन्छ छ र,
रोदनलाई दवाएर , आज फेरि मनमै राखेँ ।
रोदनलाई दवाएर , आज फेरि मनमै राखेँ ।
लाख कोशिश असफल भो , तिमिलाई भुल्छु भन्ने,
निरुत्तर छु आफैँ आज , किन तिमिलाई मनमा साँचे ।
निरुत्तर छु आफैँ आज , किन तिमिलाई मनमा साँचे ।
दोष हैन सानू तिम्रो , नियतिले यसो गर्यो,
वियोग त थिती नै हो , विधाताले जोगाई राखे ।
वियोग त थिती नै हो , विधाताले जोगाई राखे ।
♥ रामकुमार परियार
(रचना २०१५ अगष्ट ८)
EmoticonEmoticon